नियम १३
दर्ताको प्रमाणपत्र खारेजी
(१) ऐनको दफा ४१ मा उल्लिखित कारण परी कुनै सवारीको धनीले त्यस्तो सवारीको दर्ताको प्रमाणपत्र खारेज गराउन चाहेमा त्यस्तो सवारी दर्ता भएको कार्यालयमा अनुसूची–१५ बमोजिमको ढाँचामा दरखास्त दिनु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम दरखास्त पर्न आएमा त्यस्तो सवारीको सम्बन्धमा कार्यालयले आवश्यक जाँचबुझ गरी दरखास्तवालाको माग बमोजिम दर्ताको प्रमाणपत्र खारेज गर्न उपयुक्त देखेमा ऐन तथा यस नियमावलीमा उल्लिखित अन्य व्यवस्थाहरूको अधीनमा रही दर्ताको प्रमाणपत्र खारेज गरी सो को व्यहोरा दर्ता किताबमा जनाई त्यस्तो सवारीको लगत कट्टा गर्नुपर्नेछ ।